‘थ्री नेसन्स कप’ फुटबलको फाइनल हेर्न प्रधानमन्त्री ओली दशरथ रंगशाला जाने

421

काठमाडौं । ‘थ्री नेसन्स कप’ फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली दशरथ रंगशाला जाने भएका छन् ।

आज साँझ ५ः३० बजे नेपाल र बंगलादेशबीच हुने फाइनल प्रतिस्पर्धा हेर्न प्रधानमन्त्रीसहित नेकपा एमालेका शीर्ष नेता सहभागी हुने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

प्रधानमन्त्री ओली खेल अवधिभर रंगशालामै रहने प्रमुख सचेतक भट्टराईले बताए ।

नेपाले प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानको यू–२३ टोलीसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै दोस्रो खेलमा बंगलादेशसँग पनि गोलरहित बराबरी खेल्दै फाइनलमा पुगेको हो ।

बंगलादेशले भने पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो ।

नेपाली टोलीको नेतृत्व गोलकिपर किरण कुमार लिम्बूले गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...