कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिमा संक्रमण पुष्टि

516

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना भाइरस (काेभिड-१९) संक्रमण भएको छ ।

फागुन २३ गते खोप लगाएका काठमाडौंका ७५ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक सागरराज भण्डारीले जानकारी दिए ।

चिकित्सकहरुका अनुसार खोप लगाएपछि शरीरमा इम्युनिटी विकास हुन एक महिना लाग्छ । तर उनमा इम्युनिटी बन्नुअघि नै संक्रमण भएको हुनसक्ने उनले बताए ।

“निमोनिया, खोकीलगायत लक्षण देखिएको छ । इम्युनिटी बन्नुअघि संक्रमण भएछ ।” निर्देशक भण्डारीले भने, “खोप लगाउनसाथ इम्युनिटी बन्दैन कम्तिमा १ महिना लाग्छ । त्यसैले सचेत हौँ ।”

Share This:
सम्बन्धित खबर
Loading...