दोस्रो टी-२० मा भारत ७ विकेटले विजयी

341

अहमदावाद । इंग्ल्यान्डविरुद्धको दोस्रो टी-२० मा भारत ७ विकेटले विजयी । जितसँगै पाँच खेलको सिरिजमा १-१को बराबरी गरेको छ ।

इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । भारतको जितमा विराट कोहलीले ७३, इशान किशनले ५६ तथा रिषभ पन्तले २६ रनको पारी खेले ।

यसअघि नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

इंग्ल्यान्डका ज्यासन रोयले ४६, इयान मोर्गानले २८, डेविड मलान र बेन स्ट्रोक्सले समान २४ २४ तथा जोनी बेइस्ट्रोले २० रन जोडे ।

भारतका वासिङ्टन सुन्दर र सार्दुल ठाकुरले दुई-दुई तथा युजवेन्द्र चाहल र भुवनेश्वर कुमारले एक-एक विकेट हात पारे ।

Share This:
सम्बन्धित खबर
Loading...