गलकोट समाज पोखराको अधिवेशन : अध्यक्षमा थापा चयन

203
  • थम्मन थापा

पोखरा । गलकोट समाज पोखराको ७औँ साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले खडक बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति समिति चयन गरेको छ ।

समितिको महिला उपाध्यक्षमा राधिका खत्री, उपाध्यक्षमा कृष्णबहादुर खत्री, सचिवमा गणेश बहादुर खत्री, कोषाध्यक्षमा खिमबहादुर थापा र सह(सचिव धनबहादुर परियार रहेका छन् । सदस्यहरुमा गंगा साहानी, खिमा भण्डारी, धन कुमारी श्रीष, चेत बहादुर भण्डारी, हिरा बहादुर खत्री, भेष बहादुर खत्री र दिल बहादुर खड्का रहेका छन् ।

अधिवेशनमार्फत पम्फा खत्री र शेर बहादुर खड्कालाई आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

कार्यक्रममा बोल्दै बागलुङ समाज पोखराका अध्यक्ष सुनिल पाण्डेले सामाजिक एकताले नै मानिसको सभ्यता विकास हुँदै आएको बताए । उनले समाजलाई दुःख सुखको साथी सहित पर्यटन प्रवर्द्धन, आपसी सद्भाव अभिवृद्धिको माध्यम बनाउन आग्रह गरे ।

सो अवसरमा अन्तर्राष्ट्रिय गलकोट समाजका अध्यक्ष बेलुकाजी थापा, प्रभु बैंक न्युरोड पोखरा शाखा प्रबन्धक चेतनारायण गौतम, सल्लाहकार प्रा।डा भवानी पाण्डे, कृष्ण बहादुर खत्री लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वरिष्ठ समाजसेवी तथा शिक्षाप्रेमी मोहन चन्द राजन, नीलप्रसाद श्रेष्ठ र रामप्रसाद पाण्डेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम गलकोट समाज पोखराका अध्यक्ष मिन बहादुर खत्रीको अध्यक्षता, उपाध्यक्ष राधिका खत्रीको स्वागत र सचिव कृष्ण खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

गलकोट समाज पोखरा सामाजिक कार्य सँगै गलकोटबाट पोखरामा बसोबास गर्ने नागरिकहरूको हक हितमा सक्रिय रहँदै आएको छ ।

संस्थाले विभिन्न समयमा तालिम, गोष्ठी, अन्तरकृया, बेसहारालाई आर्थिक सहयोग लगायतका कार्यहरु गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...