कोसी नदीमा बगिरहेका माझीको एपिएफ टोलीद्वारा सकुशल उद्धार

153

सुनसरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका ७ स्थित सिसौली घाटस्थित कोसी नदीमा बगिरहेका मोरङ जिल्लाको कानेपोखरी गाँउपालिका ४ बस्ने ४० वर्षीय दुर्गा माझीलाई एपिएफ टोलीले मंगलबार सकुशल उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोलीसहित खटिएको एपिएफ टोलीले उनको तत्कालै उद्धार गरेको हो ।

माझीजातीहरुको महान चाड कोसी पूजाको लागि कोसी नदीमा पौडिएर सो घाटमा जाने क्रममा उनलाई नदीले बगाएको थियो ।

सोही ठाउँमा ड्यूटीमा परिचालित एपिएफ टोलीले उनलाई बगेको देख्नेवित्तिकै तत्कालै गएर सो घाटभन्दा करिब पाँच सय मिटर तलबाट उनको सकुशल उद्धार गर्न सफल भएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...