एकदिवसीय र टी-२० सिरिजका लागि भारतीय महिला क्रिकेट टोलीको घोषणा

261

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय र टी-२० सिरिजका लागि १८ सदस्यीय भारतीय महिला टोलीको घोषणा भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डद्वारा जारी टोलीमा अनुभवी तीव्र बलर शिखा पाण्डे टोली बाहिर रहेकी छन् । एकदिवसीय टोलीको कप्तानी मिथाली राज तथा टी-२० सिरिजको नेतृत्व हरमनप्रित कौरले गर्नेछिन् ।

नितु डेविडको अगुवाइमा रहेको छनोछ समितिले युवा खेलाडी शेफाली वर्मालाई पनि टोली बाहिर राखेको छ । नियमित विकेटकिपर शुस्मा वर्मा दुवै फर्म्याटमा रहेकी छन् भने एकदिवसीयमा श्वेता वर्मा र टी-२० मा नुजहत परवीन दोस्रो विकल्पकोमा टोलीमा समावेश गरिएको छ ।

श्वेता पहिलो पटक राष्ट्रिय टिममा परेकी हुन् । यस्तै, शिखाको स्थानमा दायाँ हाते तीव्र बलर प्रत्युषा र मोनिका पटेललाई टोलीमा सामेल गरिएको छ ।

एकदिवसीय ७ देखि १७ मार्चमा र २०, २१ र २३ मार्चमा तीन टी-२० खेल हुनेछ ।

एकदिवसीय टोली
मिथाली राज(कप्तान) स्मृति मन्धना, जेमिमा रोड्रिग्ज, पुनम राउत, प्रिया पुनिया, यास्तिका भाटिया, हरमनप्रित कौर, डी हेमलता, दिप्ती शर्मा, शुस्मा वर्मा(विकेटकिपर), श्वेता वर्मा, राधा यादव, राजेश्वरी गायकवाड, झुलन गोस्वामी, मानसी जोशी, पुनम यादव, सी प्रत्युषा र मोनिका पटेल

टी-२० टोली
हरमनप्रित कौर(कप्तान), स्मृति मन्धाना, शफाली वर्मा, जेमिमा रोड्रिग्ज, दिप्ती शर्मा, रिचा घोष, हरलीन देओल, शुस्मा वर्मा(विकेटकिपर) नुहहत परवीन, आयुषी सोनी, अरुन्धति रेड्डी, राधा यादव, राजेश्वरी गायकवाड, पुनम यादव, मानषी जोशी, मोनिका पटेल, सी प्रत्युषा र सिमरन दिल बहादुर

Share This:
सम्बन्धित खबर
Loading...