अष्ट्रेलियामाथि न्युजिल्यान्डको रोमाञ्चक जित

265

डुनेडिन । अष्ट्रेलियाविरुद्धको दोस्रो टी–२० मा न्युजिल्यान्ड विजयी भएको छ । सिरिजमा लगातार दोस्रो जित हात पार्ने क्रममा न्युजिल्यान्डले अष्ट्रेलियालाई ४ रनले पराजित गरेको हो ।

डुनेडिनस्थित युनिभसिर्टी ओवलमा बिहीबार सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोली न्युजिल्यान्डले २ सय १९ रनको विशाल योगफल बनाएको थियो ।

खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि मार्टिन गुप्टिलले सर्वाधिक ९७ रनकाे योगफल बनाए । ५० बलको सामना गरेका गुप्टिलले ८ छक्का र ६ चौकाको मद्धतमा ९७ रन जोडे । उनी शतक बनाउनबाट ३ रनले चुके । उनलाई दानिएल साम्सले मर्कूस स्टोइनिसकाे हातबाट क्याच आउट गरे ।

यसैगरी, कप्तान केन विलियम्सनले ५३ रन बनाए । यस्तै, जेम्स निसमले १६ बलमा आक्रामक पारी खेल्दै अविजित ४५ रन जोडे । उनले ६ गगनचुम्बी छक्का तथा एक चौका प्रहार गरे ।

अष्ट्रेलियाका केन रिचर्डसनले ३ तथा झाइ रिचर्डसन, दानिएल सम्स र एडम जाम्पाले समान एक–एक विकेट लिए ।

२ सय २० रनको विजयी लक्ष्य पछ्याएको पाहुना टोली अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १५ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेसलियका मर्कूस स्टोइनिसले ७८, जोश फिलिप्सले ४५, दानिएल साम्सले ४१ तथा म्याथ्यू वेडले २४ रनको पारी खेले पनि टोलीलाई जित दिलाउन सकेन ।

न्युजिल्यान्डका मिचेल सान्टनरले ४, जेम्स निसमले २ तथा इश सोधी र टिम साउथीले समान एक–एक विकेट लिए ।

जितसँगै न्युजिल्यान्डले पाँच खेलको टी–२० सिरिजमा २–० को अग्रता बनाएको छ । यसअघि भएको पहिलो खेलमा न्युजिल्यान्ड ५३ रनले विजयी भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...