काेराेना अपडेट : थप १२५ मा कोरोना संक्रमण पुष्टि, ९० जना कोरोनामुक्त

174

काठमाडौं । नेपालमा केहि दिनयता एक सयभन्दा कम भेटिएको कोरोना संक्रमितको संख्या आज एक्कासी बढेको छ । पछिल्लो २४ घन्टामा १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ६ सय ८१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय २५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५ सय ५६ पुगेको छ । यीमध्ये १ हजार ५ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ९० जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९० जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ९ सय ६६ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार देशभरबाट अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ जनाको मृत्यु भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...