बार्सिलोना काडिजसँग बराबरीमा रोकियो

260

एजेन्सी । बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा बार्सिलोना काडिजसँग १-१ को बराबरीमा रोकिँदै अंक बाँड्न बाध्य भएको हो ।

जित नजिक पुगेको समयमा काडिजले खेल सकिन एक मिनेट बाँकी रहँदा पेनाल्टी प्राप्त गरि त्यसलाई काडिजका एलेक्स फर्नान्डेजले गोलमा परिणत गरेपछि खेल बराबरीमा सकिएको थियो ।

बार्सिलोनाले पहिलो हाफको ३२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएको थियो ।

बराबरीमा रोकिएको बार्सिलोनाको ४७ अंक रहेको छ । शीर्ष स्थानको एट्लेटिकोको ५५ तथा रियलको ५२ अंक रहेको छ । काडिज २५ अंकसहित १४औँ स्थानमा रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...