सिमराका निमित्त प्रमुख छ लाख घुससहित होटलबाट रंगेहात पक्राउ

206

बारा । बारा जिल्लाको सिमरामा रहेको मालपोत कार्यालयका निमित्त प्रमुख मनकुमार खनाल ६ लाख घुससहित अख्तियारको नियन्त्रणमा परेका छन् ।

बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउन भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुब्बा खनाल अख्तियारको नियन्त्रणमा परेका हुन् ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटिएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो ।

उनीहरुलाई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...