पछिल्लो २४ घन्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु

146

काठमाडौं । देशभर थप ९६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ५ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९६ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको छ । यीमध्ये १ हजार ६ सय ३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप १ सय ११ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ११ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ५ सय ५ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु भएका ३ जनासँगै अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...