सङ्खुवासभाको उत्तरी क्षेत्रमा असिनापानीले हिउँदे बालीमा क्षति

255

खाँदबारी । सङ्खुवासभाको उत्तरी क्षेत्रमा मंगलबार साँझ परेको असिनापानीले हिउँदे बालीमा क्षति पुर्‍याएको छ ।

चिचिला गाउँपालिकाको वडा नम्बर २ दिदिङ्ग, आहाले र वडा नम्बर ४ को मत्स्यपोखरी, ध्वजे, देविटारलगायतका क्षेत्रमा मंगलबार साँझपख ठूलो मात्रामा असिनापानी परेको चिचिला गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र घलेले बताए । असिनापानीले हिउँदे बाली गहुँ, तोरी, मकै, आलुमा धेरै क्षति पुर्याएको जानकारी दिए । ​

असिनापानी र हिमपात हुँदा जमीन खनजोत गर्न सजिलो हुने र अन्नबाली बढ्ने हुँदा किसान खुसी हुने गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...