कोरोना अपडेट : पछिल्लो २४ घन्टामा १२५ जना संक्रमित थपिँदा ९१ कोरोनामुक्त

156

काठमाडौं । देशभर थप १ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ३ हजार ८ सय ३८ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा १ सय २५ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय २५ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । यीमध्ये १ हजार ६ सय २१ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

देशभर थप ९१ जनाले कोरोना जितेर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका ९१ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६९ हजार ३ सय ९४ जना पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको छ ।

मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५५ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...