लागुऔषध ब्राउनसुगर र गाँजासहित ३ जना पक्राउ

135

झापा । झापाको अर्जुनधारा नगरपालिका-११ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर र गाँजासहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले स्थानीय ४५ वर्षीय रबिन तामाङ र २८ वर्षीय दिल कुमार राई तथा भद्रपुर-५ का ३८ वर्षीय हिलिहाङ तुम्बाम्फोलाई बिहीबार राति साढे ७ बजे लागुऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ४ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर, ट्रमाडोल क्याप्सुल ५९ ट्याब्लेट र २ सय ग्राम गाँजा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...