थप ८१ जनामा संक्रमण, पाँच जनाकाे मृत्यु

काेराेना अपडेट

203

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घन्टामा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ८१ जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको छ । यीमध्ये १ हजार ७ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

देशभर थप १ सय ११ जनाले कोरोना संक्रमण जितेका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका १ सय ११ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ६८ हजार ६ सय ६० जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ५२ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...