गेटाफेमाथि रियलको सहज जित

ला लिगा

153

एजेन्सी । स्पेनिस ला लिगामा रियल मड्रिडले गेटाफेमाथि सहज जित हात पारेको छ । जितसँगै रियलले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँगको दूरी घटाएको छ ।

बुधबार बिहान भएको खेलमा रियलले गेटाफेलाई २–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा फर्वाड करिब बेञ्जेमा र फर्लान्ड मेन्डीले गोल गरे ।

चोटका कारण महत्वपूर्ण खेलाडी बिना मैदानमा उत्रिएको रियलले पहिलो हाफमा बल पोजेसन राखेपनि गोलमा परिणत गर्न सकेन । पहिलो हाफ गोलरहित बराबरी खेलेको रियलले दोस्रो हाफको ६०औँ मिनेटमा करिम बेञ्जेमाको गोलबाट अग्रता लिएको थियो । उनले भिनिसियस जुनियरको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे ।

यसैगरी, ६६औँ मिनेटमा फर्लान्ड मेन्डीले मार्सेलोको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए । मेन्डीको यो सिजनमा पहिलो गोल हो ।

जितसँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । रियलको २२ खेलबाट ४६ अंक रहेको छ । दुई खेल कम खेलेको शीर्ष स्थानको एट्लेटिकोभन्दा पाँच अंकले पछि छ । यस्तै, एक खेल कम खेलेको बार्सिलोनाको ४३ अंक रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...