पछिल्लो २४ घन्टामा मृत्यु हुनेको संख्या शून्य, थप १३४ जनामा संक्रमण

कोरोना अपडेट

125

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरबाट १ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसर ३ हजार ५ सय ६७ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा ७१ पुरुष र ६३ महिला गरी १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका १ सय ३४ जनासहित कुल संक्रमितको संख्या २ लाख ७२ हजार ३ सय ५९ पुगेको छ । यीमध्ये १ हजार ७ सय ५३ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा १ सय १८ जनाले कोरोना जितेका छन् । योसँगै २ लाख ६८ हजार ५ सय ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९८.६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट कुनैपनि व्यक्तिको मृत्यु भएको छैन । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ४७ जना पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...