चोरी भएको मोटरसाइकलसहित २ जना पक्राउ

290

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २२० सिसिको पल्सर मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ ।

पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आइतबार गौशाला क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका ९ घर भइ साँखु बस्ने वर्ष २५ को रुद्र बहादुर श्रेष्ठले बास्तविक नम्बर प्लेट परिवर्तन गरी बा९९प ४११४ नम्बरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराईले जानकारी दिए ।

सो मोटरसाइकल सिन्धुपाल्चोक तौथली घर भइ साँखु बस्ने २६ वर्षीय विक्रम भन्ने भुवनराज श्रेष्ठले दिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर ४ बस्ने सुमन सुवालको वास्तविक नम्बर बा ९४ प ९३३८ भएको रातो कालो रङ्गको २२० सिसिको पल्सर मोटरसाइकल भक्तपुर सुर्यविनायकबाट हराएको भन्दै ट्राफिक महाशाखामा निवेदन दिएका थिए ।

हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाइकल र चोरीमा संलग्न २ जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाएएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

यो आर्थिक वर्षमा चोरीको मोटरसाइकल सहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको र चोरी भइ खोजतलास गरी १ सय ४७ वटा मोटरसाइकल सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...