प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

150

मोरङ । मोरङको विराटनगर-१३ सैनिक टोलबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३६ वर्षीय नरेश यादव रहेका छन् ।

यादवलाई मंगलबार साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यादवले विभिन्न किसिमका प्रतिवन्धित औषधिहरु भन्सार छली ल्याएर आफ्नो घरमा लुकाइछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो ।

घरमा खानतलासी गर्ने क्रममा घरको पछाडी कम्पाउण्ड भित्र राखेको अवस्थामा प्रतिबन्धित औषधिहरु फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसरी बरामद गरिएको प्रतिबन्धित औषधिहरु र पक्राउ परेका नरेश यादव समेतलाई आवश्यक कारबाहीको लागी औषधी ब्यवस्था विभाग विराटनगरमा बुझाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय मोरङबाट गस्तीमा खटिएको प्रहरी टोलीले विराटनगर-१३ स्थितबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका लत्ता कपडाहरु बरामद गरेको छ ।

मंगलबार साँझ साढे ५ बजे विराटनगर-१३ हनुमान मन्दिर टोलस्थित एरियाबाट ६३ हजार ६ सय १० रुपैयाँ बराबरको विभिन्न किसिमका लत्ताकपडा, कस्मेटिक सामान तथा खाध्यान्न सामाग्रीहरु फेला पारी बरामद गरेको हो ।

बरामद गरिएको उक्त सामानहरु आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको कार्यालयले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...