एजेन्सी । डानिल मेदवेदेवले एटिपी २०२० को उपाधिमा कब्जा जमाएको छ । लन्डनमा आइतबार राति भएको पुरुष एकतर्फको उपाधि जित्ने क्रममा मेदवेदेवले अष्ट्रियाका डोमिनिक थिमलाई पराजित गर्दै जीवनको पहिलो ठूलो उपाधि चुमेको हो ।
रसियन मेदवेदेव पहिलो सेटमा थिमसँग ४-६ ले पराजित भएपनि दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन जनाउँदै ७-६ (७-२) र ६-४ को सेटमा विजयी भएको थियो ।
२४ वर्षीय मेदवेदेवले यस वर्ष विश्व टेनिस वरियताको चौथो स्थानमा रहँदै पुरा गरेको छ । उनी उच्च वरियताको तीन खेलाडीलाई पराजित गर्दै सिजनको अन्त्य गर्ने एक मात्र खेलाडी बन्न सफल भएका छन् । जसमा डोमिनिक थिम, नोवाक जोकोभिच र राफेल नाडाल रहेका छन् ।
उनले नोभेम्बर २०१९ देखि अक्टोबर २०२० सम्म शीर्ष १० भित्रका एकजना खेलाडीलाई पनि जित्न सकेका थिएनन् भने पछिल्लो चार हप्तामा मात्र ७ जनालाई पराजित गरेका छन् ।