पोखरामा कोरोना संक्रमणबाट थप एकको मृत्यु

157

गण्डकी । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण हालसम्म मुत्यु हुनेको सङ्ख्या १ सय २३ पुगेको छ । भाइटिकाको दिन सोमबार पोखरामा एक कोरोना संक्रमिकको मृत्यु भएसँगै प्रदेशमा मृत्यु हुनेको सङ्ख्या १ सय २३ पुगेको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा १५ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

कात्तिक ३० गते कोराना संक्रमण पुष्टि भई उपचाररत पुरुषको सोमबार ५ः२२ बजे निधन भएको निर्देशक डा. बिनोदविन्दु शर्माले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...