प्रदेश एकमा थप ३६४ जनामा संक्रमण पुष्टि

154

मोरङ । प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टाको अवधिमा  ३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७ सय ५ जनाको पिसिआर परीक्षण गरिएकोमा १ सय ४२ महिला र २ सय २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितहुनेहरुमा मोरङका १ सय ४२ मध्ये विराटनगरमा ८१, सुनसरीमा १ सय ५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन/तीन, सङ्खुवासभा र धनकुटामा दुई/दुई, ओखलढुङ्गा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका २२ जना रहेका छन् ।

प्रदेशमा संक्रमितको सङ्ख्या २३ हजार ४ सय ३४ पुगेको छ । यसप्रदेशमा शुक्रबार ७ सय ३६ जना संक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या हालसम्म १७ हजार १ सय ५४ जना पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३ सय ५४ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...